पोखरामा विदेशी पर्यटकको रहस्यमय मृत्यु

पोखरा । पोखरा महानगरपालिका–६ लेकसाइडमा एक विदेशी नागरिकको मृत्यु भएको छ । नेपाल भ्रमणका क्रममा बुधबार पोखरा आएका सिङ्गापुरका ६६ वर्षीय कोशचेङ टेकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लेकसाइडस्थित होटल ‘ह्वाइट पर्ल’मा बास बसेका टकलाई बिहान उनकी श्रीमती पिङ पेक इङले उठाउन खोज्दा नउठेपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटना रहस्यमय भएको भन्दै यसबारे अनुसन्धान शुरु गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री