युवा देखिन मद्धत गर्ने यी सात खाद्यपदार्थ

काठमाडौं । युवा देखिने रहर सबैलाई हुुन्छ । जो कोहीलाई आफ्नो अनुुहारमा कुुनै पनि किसिमको चाउरीपना आओस् भन्ने लाग्दैन ।

खासगरी खानपानमा विशेष ध्यान दिने हो भने आफूलाई युवा राख्न सकिन्छ । युवा देखिनको लागि अनेक कस्मेटिक सामानहरु बजारमा देखिन्छन् तर भावी दिनमा त्यसको असर नकारात्मक  पर्न सक्ने औंल्याइएको छ ।

बरु प्राकृतिक रुपमा पाइएका विभिन्न प्रकारका खाद्यवस्तुहरुको सेवन गर्दा दीर्घकालीन रुपमा केही असर गर्दैन । बरु यसले शरीरलाई स्वस्थ राख्नुको साथै मानिसलाई जवान देखाउन मद्धत गर्दछ । जवान देखाउन मद्यत गर्ने खाद्यवस्तुहरुको सूची यस्ता छन् ।

१) खोलेसागः खोलेसाग विशेष गरी खोलामा तथा पानीले भरिएको खेतमा बढी पाइन्छ । मानिसले प्राचीन कालदेखि नै यसको सेवन गर्दै आएका छन् । खोलेसाग भिटामिन र मिनरलले भरिपूर्ण हुन्छ । खोलेसागले अनुहारमा भएको चाउरीपना हटाउँदै अनुहारलाई चम्किलो बनाउँदछ ।

२ सिमलामिर्चः सिमलामिर्च एन्टीअक्सिडेन्टले भरिएको हुन्छ । यसैगरी यसमा भिटामिन सीको मात्रा पनि प्रशस्त पाइन्छ । सिमलामिर्चले जवान हुन मद्धत गर्नुको साथै छालालाई सूर्यको प्रकाश र प्रदुषणबाट पनि बचाउँछ । सिमलामिर्चलाई पकाएर अथवा काँचै दुबै तरिकाले खान सकिन्छ ।

३) मेवाः मेवामा पनि प्रशस्त मात्रामा एन्टीअक्सिडेन्टका साथै भिटामिन र मिनरल पाइन्छ । जसले अनुहारमा भएका चाउरीपना हटाउनुका साथै अनुहारलाई चम्किलो बनाउन मद्धत गर्दछ ।

४) ब्रोकाउलीः ब्रोकाउलीमा एन्टीअक्सिडेन्टको गोदामघर नै मानिन्छ । यसैगरी यसमा भिटामिन सी र जिङ्क र कपरजस्ता मिनरल पनि पाइन्छ । जसले छालालाई स्वस्थ्य राख्न मद्धत गर्दछ । यसैगरी भिटामिन केले छालालाई अनेक घातक कुराहरुबाट जोगाउँछ ।

५) पालुङ्गोः अन्य खाद्यपदार्थमा झैं पालुङ्गोमा पनि अनेक प्रकारका भिटामिन लगायतका अन्य अवयवहरु पनि पाइन्छ । भिटामिन सीले छालालाई चम्किलो बनाउँछ । यति मात्र नभइ पालुङ्गोले आँखाको दृष्टि बढाउँछ, तौल बढ्नबाट पनि बचाउँछ ।

६)बदामः भिटामिन इ  को मुख्य स्रोतको रुपमा बदाम पर्दछ । जसले छालाको तन्तुलाई मजबुद बनाउँछ । छालालाई युभी किरणबाट नष्ट हुनबाट बचाउँछ । बदाममा पाइने ओमेगा ३ फ्याटी एसिडले छालालाई सुन्दर बनाउनुको साथै छालाको कोषलाई बल प्रदान गर्दछ ।

७) सखरखण्डः सखरखण्डको स्वाद गुलियो हुुन्छ । विशेष गरी सखरखण्डलाई उसिनेर खाने गरिन्छ । सखरखण्ड पोषणतत्वहरुले भरिएको हुन्छ । सखरखण्डले छालालाई सुन्दर देखाउनुका साथै अनेक खालका समस्याहरुलाई हल गर्दछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री