शोकमा सप्तरी, आज सबै स्थानीय तह बन्द

काठमाडौं । राजबिराजबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटनामा परी सप्तरीका झण्डै डेढदर्जन व्यक्तिको ज्यान गएपछि जिल्लाका सबै स्थानीय तहले आज शोक मनाउने भएका छन् ।जिल्लाको सबै स्थानीय तहका प्रमुखहरुले छलफल गरेर एक दिन शोक मनाउने निर्णय गरेका हुन् ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार एक दिन जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । जिल्लामा १८ स्थानीय तह छन् ।

यसैबीच, फोरम नेपाल र नेकपा एमाले सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

यसैबीच, एमाले सप्तरी र फोरम नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । दुवै पार्टीले मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचार हुने प्रवन्ध मिलाउन सरकारसँग माग समेत गरेका छन् ।

अनलाइनखबरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस