काठमाडाैँ । कैलालीको जिल्ला मालपोत कार्यालय परिसरमा राखिएको टाइम बम नेपाली सेनाले निष्क्रिय पारेको छ। मंगलबार बिहान करिब ७ बजे भेटिएको बम ९ः३० बजे कैलालीको बेराडाडीबाट आएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कालो झोलाभित्र बम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश जाग्रीले बताए। वडा प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले उक्त बम गए राति राखिएको हुन सक्ने बताएका छन्। ‘हिजो सम्मयहाँ केही थिएन,’ उनले भने, ‘अहिले बिहान शंकास्पद वस्तु भेटिएको हो।’
सिंह लेनै शंकास्पद वस्तु फेला परेको भन्दै सेनालाई खबर गरेका हुन्। नेपाली सेनाले निष्क्रिय पारेपछि उक्त वस्तु बम रहेको प्रहरीले जनाएको हो।
तपाईंको प्रतिकृया




