ऊर्जामा चालू आर्थिक वर्षको प्रगति : माग र आपूर्तिको अन्तर २० मेगावाटमा साँघुरियाे

काठमाडौं । नेपालको विद्युत् माग र आपूर्तिको अन्तर चालू आर्थिक वर्ष २०७५/७६ मा आएर २० मेगावाटमा साँघुरिएको छ । आव २०६९/७० देखि क्रमिक रूपमा बढ्दै गएको उक्त अन्तर आव २०७२/७३ देखि घट्न थालेको थियो । आव २०६९/७० मा उक्त अन्तर ३४८ मेगावाट थियो भने आव २०७१/७२ मा ५८५ मेगावाटसम्म पुगेको थियो । यसबीचमा आन्तरिक विद्युत् उत्पादनमा भएको वृद्धिले भारतबाट हुँदै आएको आयातलाई समेत घटाएको छ । गत आव २०७४/७५ को तुलनामा चालू आवमा ७४६ दशमलव ८७ गिगावाट आवर कम विद्युत् आयात गरिएको आर्थिक सर्वेक्षण २०७५/७६ मा उल्लेख छ ।

यसैगरी, माग र आपूर्तिको अन्तर भारी मात्रामा घटाउनमा चुहावट नियन्त्रणको पनि ठूलो भूमिका रहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । गत आव २०७४/७५ मा २० दशमलव ५० प्रतिशत रहेको विद्युत् चुहावट चालू आवमा १७ दशमलव ९० प्रतिशतमा झरेको छ ।

आर्थिक सर्वेक्षणले गत आव २०७४/७५ को तुलनामा चालू आव २०७५/७६ मा ऊर्जा खपतका क्षेत्रमा सुधार आएको देखाएको छ । गत आवमा ७० दशमलव २० प्रतिशत रहेको परम्परागत ऊर्जा खपतको अनुपात १ दशमलव ६० प्रतिशत विन्दुले घटेर ६८ दशमलव ६ प्रतिशत पुगेको छ । परम्परागत ऊर्जामा पर्ने वन तथा पशुजन्य स्रोतका ऊर्जा खपतको अनुपात कम हुँदै अन्य क्षेत्रमा बढ्दै जानुलाई समृद्धिको एक संकेतका रूपमा लिइन्छ ।

तथ्यांकले पनि त्यस्तै देखाएको छ । गत आव २०७४/७५ मा २७ दशमलव ६ प्रतिशत रहेको व्यापारिक ऊर्जा खपतको अनुपात बढेर चालू आवमा २८ दशमलव २० प्रतिशत पुगेको छ । यसले देशले राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् गत आवमा भन्दा चालू आवमा थप क्षेत्रमा विस्तार गरेको पुष्टि गर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राधिकरणले आजदेखि यी ६ फिडरमा बिजुली काट्ने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली काट्ने भएको छ । कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती हुनेछ ।

प्रतिकृया दिनुहॊस