घट्टेकुलो र सुकेधारामा विस्फोट, दुई जनाको मृत्यु

काठमाडौं । सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ  भने ७ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुई जनाको मृत्यु भएको  बताएका छन् । सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ । क्षतिको विवरण आएको छैन ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री