थेम्स प्रिमियर लिग २०७६ आउँदो सोमबारबाट सुरु हुने

थेम्स इन्टरनेसनल कलेजको आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता आगामी जेठ १३ सोमबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका सबै खेलहरू ललितपुरस्थित पुल्चोक क्रिकेट मैदानमा हुनेछन् । विगत केही वर्षयता त्रिभुवन विश्वविद्यालयअन्तर्गत बि.बि.ए. (व्यवसाय प्रशासन स्नातक) र बि.आइ.एम. (सूचना व्यवस्थापन स्नातक) कार्यक्रमका कलेजहरूबीचको क्रिकेट प्रतिस्पर्धा यस थेम्स इन्टरनेसनल कलेजले जित्दै आएको थियो । यस वर्ष सो प्रतियोगितालाई नयाँ स्वरूप दिई थेम्स प्रिमियर लिग २०७६ को रूपमा आयोजना गर्न लागिएको हो ।

यस प्रिमियर लिगअन्तर्गत काठमाडौँका विभिन्न आठवटा कलेजहरू उपाधिका लागि भिड्दै छन् । यस प्रतियोगितामा पुल ‘ए’ र पुल ‘बि’मा चार–चारवटा टिम रहनेछन् । प्रतियोगितामा जम्मा १२ लिग खेल खेलिनेछन् र त्यसैका आधारमा थप दुई सेमिफाइनल र एक फाइनल खेल खेलिनेछ । प्रतियोगिताका विजेता र उपविजेता टोलीका सबै खेलाडीलाई क्रमशः गोल्ड मेडल र सिल्भर मेडल प्रदान गरिनेछ ।

उक्त प्रतियोगिताबाट उत्कृष्ट एघार खेलाडीको एउटा सुपरटिम पनि घोषणा गरिनेछ । त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट तीन ब्याटस्म्यान, बलर र अलराउन्डरलाई विभिन्न पुरस्कारहरू पनि दिइनेछ । थेम्स प्रिमियर लिग २०७६ आगामी जेठ २० गतेसम्म चल्नेछ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस