टिप्पर खोलामा खस्दा चालकको मृत्यु, सहचालक बेपत्ता

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका –७ चिउरे भीरमा टिप्पर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा सिरानचोक गाउँपालिका –७ भालुस्वाँराका २० वर्षीय टिप्पर चालक सुमन खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार राति १० बजेतिर बा ५ ख १९८२ नम्बरको टिप्पर दरौँदी नदीमा खसेको हो । टिप्परका सहचालक बेपत्ता छन् । उनको पहिचान खुलेको छैन । टिप्परमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सातै प्रदेशमा मुटु रोग उपचार पुर्‍याउने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

काठमाडाैं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस

This will auto close after