अछाममा आगलागीबाट ७ घर जलेर नष्ट

अछाम । ढकारी गाउँपालिका वडा नम्बर  ४ बलातामा ७ घर जलेर नष्ट भएका छन् ।  शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी  बालिएको आगो हावाले उडाएपछि त्यही आगोले घर जलेर  नष्ट भएको वडाध्यक्ष भक्तबहादुर बुढाले बताए ।

वडाध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भई ठूलो क्षति भएको स्थानीय पदम बुढाले बताए  ।

घरमा आगलागी भएपछि  बाँधिएका  बाख्रा र गाई पनि जलेर मरेका छन ।  घटनाको एकिन विवरण आउन बाँकी छ । अहिले स्थानीय र प्रहरीले उद्वारको काम गरिरहेका छन । शुक्रबार साँझ आएको हावाहुरीसँगै आगलागी भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री