३१ खर्बका ४१ परियाेजनामा ७१ लगानी प्रस्ताव

काठमाडौं । लगानी सम्मेलनको क्रममा लगानी बोर्डमा साेकेस गरिएका ३० सहित ४१ परियोजनामा लगानीका लागि ७१ प्रस्ताव परेको छ। चैत १५ र १६ मा काठमाडौँमा भएको लगानी सम्मेलनका क्रममा अघि सारिएका परियोजनाका लागि यो प्रस्ताव परेको हो।

परियोजनाका लागि सुरुमा २० अप्रिलसम्म आवेदन दिन पाउने व्यवस्था रहेकोमा बोर्डले एक महिना थप गरेपछि यो अबधिमा यति प्रस्ताव परेको खबर कारोबार दैनिकमा छ। सरकारले सरकारीतर्फ ५० परियोजना साेकेस गरेकोमा २३ अर्ब बराबरका ३० का लागि ६० आवेदन तथा शोकेस नगरिएका करिब ८ खर्ब बराबरका ११ परियोजनाका लागि ११ प्रस्ताव परेको लगानी बोर्डले जनाएको छ।

‘साेकेस गरिएको ५० परियोजनामध्ये ३० मा ६० आवेदन तथा शाकेस नगरिका ११ परियोजनामा ११ आवेदन परेको छ।’ लगानी बोर्डका सह–सचिव तथा प्रवक्ता बलराम रिजालले भने ‘साेकेस गरिएका सबैभन्दा बढी चीनको २० र सोकेस नगरिएका ४ प्रस्ताव गरेको भने नेपालकै कम्पनीले पनि सोकेस नगरिएकोमा २ आवदन लगानीका लागि परेको छ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री