किन झर्छ पुरुषको कपाल ? कसरी गर्ने रोकथाम ?

काठमाडाैँ । उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या पछिल्लो समय बढ्दो छ। कपाल झर्नु आफैँमा रोग भने होइन। पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशानुगत गुण हो। यद्यपी यो सबैमा देखिन्छ भन्ने हुँदैन।

पुरुषको तालुमा हुने एउटा इन्जाइमले टेस्टोस्टेरोन हर्मोनलाई डिएचटीमा परिवर्तन गरिदिन्छ। जसका कारण कपाल झर्न सुरु गर्छ। टेस्टोस्टेरोन हर्मोन तीब्र गतिमा बढ्न थालेपछि कालो र बाक्लो कपाल बिस्तरै झर्न सुरु गर्छ।

तनावले शरीरमा आउने विभिन्न हर्मोनमा गडबडी आउँछ र यसको प्रतिक्रियास्वरुप कपाल झर्न थाल्छ। धुम्रपान गर्दा पाइने निकोटिनका कारण रक्तनली खुम्चिन्छ। अनि शरीरमा अक्सिजनको मात्रा कम भई कपाल झर्छ।

मध्यपान गर्ने पुरुषमा टक्सिनको मात्रा वढ्ने, आइरन र जिंक कम हुने हुन्छ। जसको फलस्वरुप कपाल झर्छ।

यी हुन् रोकथामका उपाय
वंशानुगत गुण, बढ्दो उमेर, हर्मोनजस्ता कारणले कपाल झरेको भए यसलाई रोक्न गाहै्र होला।

तर, अस्वस्थकर खानपान, धूमपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग आदि कुराले कपाल भरिरहेको भए यसलाई रोक्न सकिन्छ।

स्वस्थ खानेकुरा खाने, धूम्रपान र मद्यपान नगर्ने, तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग सकभर नगर्दा कपाल झर्न कम हुन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री