जुम्लामा सानिमा लाइफ इन्स्योरेन्स

जुम्ला । सानीमा लाइफ इन्स्योरेन्स कम्पन्नीले ४४औं शाखा जुम्लामा विस्तार गरेको छ । एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले ४४ औँ शाखाको उद्घाटन गरेका हुन् ।

कम्पनीका महाप्रबन्धक शिवराज तिमिल्सिनाको अध्यक्षता तथा जिसस उपप्रमुख कार्मा बुढाको प्रमुख आतिथ्यतामा शाखाको उद्घाटनसँगै सेवा सुरु गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले सुरक्षित भविष्यका लागि जीवन बिमा अनिवार्य भन्ने चेतनाको पहुँचमा नागरिक पुग्नुपर्ने बताए । ‘समयको विकाससँगै मानवीय तथा व्यापारिक जीवनमा जोखिम बढ्दै गएका छन् ।

उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटाले व्यापारिक जोखिम अन्त्यका लागि बिमा आवश्यक भएको बताए । कर्णालीमा बढ्दो चेतनाको स्तरसँगै बिमाको पहुँचमा पनि वृद्धि हुँदै गएको उनको भनाइ  छ । बिमा कम्पन्नीले आफ्ना सेवा तथा विश्वसनीय आधार गाउँगाउँमा स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए । सानिमा लाइफ इन्स्योरेन्स कम्पन्नीका महाप्रबन्धक जीवराज तिमिल्सिनाले अझै लक्ष्यअनुसारका नागरिक बिमित नभएको बताए ।

राष्ट्रिय बिमा समितिको तथ्यांकअनुसार देशको कुल जनसख्ंयाको १७ प्रतिशत नागरिक मात्रै बिमित छन् । यो तथ्यांकअनुसार कर्णालीमा शून्य प्रतिशत बिमित भएको मानिन्छ । अब सानिमा लाइफ इन्स्योरेन्सले गाउँगाउँमा गएर घरदैलो बिमा कार्यक्रम सञ्चालन गर्ने बताए । कार्यक्रममा सहभागी बैँक तथा वित्तीय संस्थाका प्रमुखले बिमा कम्पन्नीले सेवामा गुणस्तर विश्वसनीयता फैलाउनुपर्ने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप