काठमाडौं ।देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक २५ औँ वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरी २५औँ वार्षिकोत्सव सफलता पूर्वक सम्पन्न गरेको छ ।
दरबारमार्ग, काठमाडौँ स्थित बैंकको केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्यूरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले काठमाडौँ महानगरीय प्रहरी वृत,दरबारमार्गका प्रमुख शिव घिमिरेलाई प्रभातफेरीमा सुरक्षा व्यवस्थापन गरि दिएकोमा विशेष धन्यवाद दिँदै ँ लगायत प्रतिनिधि प्रहरीजनहरुलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरेका थिए ।
साथै बैंकको प्रधान कार्यलयमा रजत जयन्तीको सुखद उपलक्ष्यमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो ।




