पाँचथर हत्या प्रकरणः आत्महत्या गर्ने युवक नै हत्यारा भएको आशंका

पाँचथर । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनामा संलग्न रहेको आंशका मिक्लाजुङ गाउँपालिकाकै वडा नम्बर ७ मा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका  मानबहादुर मोखिमतर्फ सोझिएको छ ।

घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको हो  ।रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् ।

स्थानीय बासिन्दाका अनुसार आत्महत्या गरेका मानबहादुर माखिम र हत्या भएको परिवारका बिच विगतमा पनि झगडा हुँदै आएको थियो । एक वर्षअघि पारिवारिक झगडा प्रहरीसम्म पुगेको थियो र प्रहरीको रोहबरमा मिलापत्र भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री