काठमाडौं । मंगलबार दिउँसो देशभरि आंशिक भू–भागमा सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै केही स्थानमा दिउँसोतिर हावाहुरी चल्न सक्नेछ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।
तपाईंको प्रतिकृया




