बुढानिलकण्ठमा नेपाल इन्भेष्टमेण्ट बैंकको १४औं एक्सटेन्सन काउन्टर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा आफ्नो १४ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बुढानिलकण्ठ स्कूलको ठीक बाहिर, पूर्व पट्टि खोलिएको यस काउन्टरले विद्यार्र्थी एवं शिक्षक लगायत स्थानीय जनतालाई सहज वित्तिय सुविधा प्रदान गर्नेछ ।

यस काउन्टरको उद्घाटन समारोहमा बैंकका कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, बुढानिलकण्ठ स्कूलका प्राध्यापक होमनाथ आचार्य, सो वडाका सदस्य लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको सहभागिता रहेको थियो ।

बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार गर्दै आएको छ र सो काउन्टर अन्र्तगत उपत्यकाको बढ्दो क्षेत्रमा बैंकिङ्ग सहजता पुर्याउने छ तथा प्रख्यात धार्मिक स्थल बूढानिलकण्ठ मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई पनि यस काउन्टरबाट सहज पहुँच मिल्ने आशा गरेको छ ।

साथै नेपाल इन्भेष्टमेण्ट बैंकले खाँदबारी स्थित शाखालाई सोहि ठाउँको खाँदबारी—१, प्रगतिटोल, संखुवासभामा स्थानान्तरण गरेको छ । हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पहुँचबाट पिछडिएका बालबालिकाहरूलाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग …

प्रतिकृया दिनुहॊस

This will auto close after