पाल्पा । तिनाउ गाउँपालिका ४ कोलडाँडाको बौरिडाँडाँमा भोज खाएका एकै गाउँका १ सय ६ जना बिरामी परेका छन् । छिमेकीको १३ दिने पुण्य तिथिमा मृत्यु संस्कार पछि प्रसादको रुपमा खाना खाएकाहरु झाडापखाला लागेर बिरामी परेका हुन् । बिरामी परेकाहरु मध्ये ११ जनालाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका लागि पठाईएको छ ।अरुलाई सामान्य उपचार गरिएको छ ।
तपाईंको प्रतिकृया




