फाइल फोटो

पत्रकार महासंघ मिडिया काउन्सिल विधेयक विरुद्ध ऐक्यवद्ध

काठमाडौं । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहितका कानुनहरुमा रहेका  प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने  भन्दै आन्दोलित भएको नेपाल पत्रकार महासंघले मुलुकभर विशेष विरोध कार्यक्रम गर्ने भएको छ । महासंघका महासचिव रमेश विष्टले दिएको जानकारी अनुसार काठमाडौंमा संसद बाहिर र उपत्यका बाहिरका जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

महासंघले मध्यान्ह १२ बजे हुने आन्दोलनमा सहभागी हुन पनि सबै संचारकर्मीहरुलाई  आग्रह गरेको छ ।

 महासंघको विज्ञप्ति
संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित रहे को छ । सञ्चारसम्वद्ध संघसंगठन र सरोकारवाला पक्षसँग छलफल गरी तय गरिएको पहिलो चरणको आन्दोलनका क्रममा जेठ ३ गते काठमाडौंमा संसद वाहिर र पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडियासम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको छ ।

अतः पहिलो चरणको आन्दोलनको अन्तिम दिन जेठ ३ गते शुक्रबार मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि हुने प्रदर्शनमा आ–आफ्ना सञ्चार साधनहरुसहित उपस्थित हुन आम सञ्चारकर्मी, पत्रकार तथा स्वतन्त्रताप्रेमी सबैलाई हार्दिक आह्वान गरिन्छ ।

रमेश विष्ट
महासचिव

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस