काठमाडाैँ । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल सर्बसम्मत अध्यक्ष बनेका छन् । ढकाल यसअघि कार्यबाहक अध्यक्ष थिए । एशोसियसनको शुक्रबार बसेको साधारण सभाले उनलाई सर्बसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
त्यसैगरी प्रथम उपाध्यक्षमा प्रद्युमन पोखरेल मुक्तिनाथ विकास बैंक, द्धितिय उपाध्यक्ष रेशम बहादुर थापा गण्डकी विकास बैंक, महासचिव मनोज कुमार ज्ञवाली ज्योति विकास बैंक, सचिव प्रदिप कुमार श्रेष्ठ, तिनाउ विकास बैंक, कोषाध्यक्ष सुयोग श्रेष्ठ सांग्रिला डेभलपमेण्ट बैंकलाई सर्ब सम्मत चयन गरेको छ । त्यसैगरी सदस्य तर्फ क्रमस रमेश प्रसाद जोसी, सिन्धु विकास बैंक, नरेश सिंह बोहरा, लुम्विनी विकास बैंक, विरुराम जैसी, कञ्चन डेभलपमेण्ट बैंक, प्रविन वस्नेत, कामना सेवा विकास बैंक र नविन सुवेदी सप्तकोशी डेभलपमेण्ट बैंक सर्बसम्मत निर्वाचित भएका छन् । नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सोही साधारण सभामा सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।




