चेल्सी र आर्सनल फाईनलमा

एजेन्सी । लण्डन क्लबद्वय चेल्सी र आर्सनल युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेका छन् । बिहिबार राति भएको खेलमा जित निकाल्दै दुवै प्रिमियर लिग क्लब प्रतियोगिताको फाईनल प्रवेश गरेको हुन् ।

सेमिफाईनलको दोस्रो लेगको खेलमा चेल्सीले जर्मन क्लब इन्ट्रायच फ्रायान्कफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल यात्रा तय गर्यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपनि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । लोफटस चेकले २८ औ मिनेटमा घरेलु टोली चेल्सीलाई अग्रता दिलाएका थिए । ४९ औ मिनेटमा जोभिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पहिलो लेगको खेल समेत १–१ गोलको बराबरीमा सकिएको थियो ।

अन्तिममा चेल्सीले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्यो ।

Arsenal players celebrate on the pitch after easing past Valencia in their semi-final second leg

अर्को खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई दोस्रो लेगको खेलमा ४–२ ले हरायो । आर्सनल समग्रमा ७–३ को नतिजा सहित फाईनल प्रवेश गर्यो ।

आर्सनलको जितमा पियरी एम्रिक अबुमियाङले ह्याट्रिक गरे । लाकाजेट्टीले एक गोल गरे ।

भ्यालेन्सियाका केभिन गेमिरोले दुई गोल गरे ।

खेलमा अग्रता भ्यालेन्सियाले ११ औ मिनेटमा गेमिरोको गोलबाट लिएको थियो । अबुमियाङले खेलको १७ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । लाकाजेट्टीले ५९ औ मिनेटमा आर्सनललाई अग्रता दिलाउने काम गरे । गेमिरोले ५८ औ मिनेटमा खेल बराबरीमा ल्याउन सफल भए ।

तर ६९ औ मिनेटमा दोस्रो गोल र ८८ औ मिनेटमा ह्याट्रि पुरा गर्दै अबुमियाङले आर्सनललाई सहजै फाईनल यात्रा तय गराए ।

युरोपेली क्लब फुटबलको दुई ठुला प्रतियोगिताको फाईनलमा चार ईङ्लिस क्लब प्रवेश गरेको यो पहिलो पटक हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा …

प्रतिकृया दिनुहॊस