स्टान्डर्ड चार्टर्डको खुद नाफा ११.६२% ले बढ्यो, वितरण योग्य नाफा १ अर्ब बढी

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७३ करोड ४४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत वर्षको यसै अवधिमा भन्दा ११.६२% ले बढेको हो । गत वर्ष १ अर्ब ५५ करोड ३७ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म वितरण योग्य नाफा १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
चार्टर्डले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढाएको छ । खुद ब्याज आम्दानी ६.५१% ले बढाएर २ अर्ब ५५ करोड ६० लाख २७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष २ अर्ब ३९ करोड ९६ लाख ४३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै, यस अवधिमा ११.७९% ले सञ्चालन नाफा बढाएर २ अर्ब ४६ करोड ९८ लाख १७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष सञ्चालन नाफा २ अर्ब २० करोड ९१ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
चार्टर्डको निक्षेप संकलन गत वर्ष भन्दा १६.६२% ले वृद्धि गरेको छ । गत वर्ष ६० अर्ब ७१ करोड ५९ लाख ६८ हजार रुपैयाँ रहेको निक्षेप संकलन यस वर्ष बढेर संकलन ७० अर्ब ८१ करोड ३० लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्ष ४५ अर्ब १७ करोड ५४ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह बढाएर अहिले ५३ अर्ब ४६ करोड २३ करोड ५ हजार रुपैयाँ पुर्याएको छ ।
यसको खराब कर्जा ०.०१% ले सामान्य घटेर ०.२०% पुगेको छ । गत वर्ष खराब कर्जा ०.२१% रहेको थियो । बैंकको आधारदर ७.७४% छ । स्टान्डर्ड चार्टर्डको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको छ । जगेडा कोष बढाएर ४ अर्ब ५१ करोड १० लाख २९ हजार रुपैयाँ पुर्याएको छ ।
गत वर्ष जगेडा कोषमा ३ अर्ब ८४ करोड २८ लाख ८ हजार रुपैयाँ रहेको थियो । चैत मसान्तसम्म रिटेन्ड् अर्निङ १ अर्ब ६७ करोड २५ लाख ४३ हजार रुपैयाँ रहेको छ । यसको गत वर्ष २५ रुपैयाँ ८६ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्ष बढेर २८ रुपैयाँ ८७ पैसा (बार्षिक) पुगेको छ भने यसको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १८ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गरिमा बैंकद्धारा १८औं वार्षिकोत्सवको अवसरमा ‘Garima Road Race Competition -2081’ आयोजना गरिने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मिति २०८१ मंसिर ८ गते शनिवार …

प्रतिकृया दिनुहॊस