एनएमबी माइक्रोफाइनान्सको तालीम तथा गोष्ठी

काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले शाखा प्रबन्धक स्तरीय दुई दिने त्रैमासिक समीक्षा, आ.व.२०७६/०७७ को योजना तर्जुमा गोष्ठी तथा शाखा व्यवस्थापन तालीम सम्पन्न गरेको छ । वैशाख २० र २१ गते दिइएको उक्त तालीममा खाडीचौर अनुगमन स्टेशन, ढल्केवर अनुगमन स्टेशन, गोपेटार अनुगमन स्टेशन र दब्रेवास अनुगमन स्टेशन अन्तर्गतका ४७ ओटा शाखाका ४७ जना शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो ।

तालीम कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्साल, जोखिम व्यवस्थापन विभाग प्रमुख सूर्यप्रसाद उपाध्याय, कर्जा विभाग प्रमुख चन्दनकुमार सरदार, वित्त व्यवस्थापन विभाग प्रमुख कृष्णप्रसाद गैह्रे र अनुगमन अधिकृतहरू लंकबहादुर वम, प्रकाश रावल, पुरनचन्द्र चापागाई र कृष्णप्रसाद नेपालले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

सो अवसरमा शाखाको यस आर्थिक वर्ष २०७५/०७६ तेस्रो त्रैमाससम्मको प्रगति समीक्षा, आगामी आर्थिक वर्ष २०७६/०७७ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा व्यवस्थापन, शाखा व्यवस्थापनमा शाखा प्रबन्धकको भूमिका, भाका नाघेको कर्जा व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री