सोलुखुम्बु । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोलुखुम्बुको सल्लेरीमा १०२ औँ शाखा संचालनमा ल्याएकोे छ ।
यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०२ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
प्रतिकृया दिनुहॊस