चेल्सीले आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने पक्का

काठमाडाैँ । चेल्सीले आउँदो सिजन च्याम्पियन्स लिग फुटबल खेल्ने पक्का भएको छ । इंग्लिस प्रिमियर लिग फुटलबको शीर्ष चारमा रहने पक्का भएसँगै चेल्सीले आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने निश्चित भएको हो ।

प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा वाट्फोर्डलाई ३–० ले हराउँदै चेल्सी एक खेल बाँकी हुँदा तेस्रो स्थानमा पुगेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा ४८ औँ मिनेटमा लोफ्टुस चीक, ५१ औँ मिनेटमा डेविड लुइज र ७५ औँ मिनेटमा गोन्जालो हेगुइनले गोल गरे।

खेलमा दर्ता गरेको जित र आर्सनल ब्राइटनसँग १–१ को बराबरीमा रोकिएपछि चेल्सी शीर्ष चारमा पर्ने पक्का भएको हो । शीर्ष चारको होडमा रहेको आर्सनल एक खेल बाँकी हुँदा पाँचौँ स्थानमा छ ।

यस्तै चौथो स्थानमा रहेको टोटनह्यामको पनि सम्भावना छ । तेस्रो स्थानमा उक्लिएको चेल्सीको ७१, चौथो स्थानको टोटनह्यामको ७० तथा पाँचौँ स्थानको आर्सनलको ६७ अंक छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस