काठमाडाैँ । स्वाबलम्बन लघुवित्तले यो आर्थिक वर्षको तेस्रो त्रैमासिकमा २१ प्रतिशत खुद नाफा आर्जन गरेको छ।
लघुवित्तको आज प्रकाशित रिपोर्ट अनुसार यो आर्थिक वर्षमा २८ करोड ५५ लाख रुपैयाँ खुद नाफा आजएन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ कराड ९५ लाख रुपैयाँले बढी हो।
गत वर्षको चैत मसान्त सम्ममा कम्पनीले ३२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको चुक्तापुँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको पुगेको छ।
चैत मसान्त सम्ममा ७ अर्व ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीको कर्जा ५ अर्व ११ करोड रुपैयाँ रहेको छ। कम्पनीले अरु बैंक तथा बित्तीय संस्था मार्फत १३ अर्व १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।गत आर्थिक वर्षको चैत मसान्तमा ६२ रुपैयाँ ५३ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ५३ पैसामा झरेको छ।
प्रतिकृया दिनुहॊस