हजार्ड बेन्चमा बस्नु सामान्य – सर्री

एजेन्सी । चेल्सीका प्रशिक्षक माउरिजियो सर्रीले युरोपा लिगको सेमिफाइनलको पहिलो लेगको खेलमा इडेन हजार्डलाई बेन्चमा राख्नुको कारण खुलाएका छन् । उनले च्याम्पियन्स लिग छनोटको महत्वपुर्ण खेल अगाडी हजार्डलाई ताजा राख्न सुरुवातमा बेन्चमा राखेको प्रतिक्रिया दिएका छन् ।

चेल्सीले बिहिबार राति जर्मन क्लब आइनट्रायच फ्रान्कफर्टसंग युरोपा लिगको सेमिफाइनल खेल खेलेको थियो ।

प्रशिक्षक सर्रीले हजार्डलाई बेन्चमा राख्दै खेलको सुरुवात गरेका थिए । ६१ औ मिनेटमा उनी बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । सो खेल चेल्सीले १–१ गोलको बराबरी खेलेको थियो । हजार्डले यस सिजन १९ गोल गरेका छन् ।

The Real Madrid-linked wideman lasted 61 minutes on the substitutes bench before coming on to replace Willian

‘एक खेलाडीका लागि सिजनमा ७० खेल हुन्छ । बेन्चबाट सुरुवात गर्नु सामान्य बिषय हो ।’ सर्रीले भने ।

‘हामीले ६२ घण्टामा पुन खेल्नुपर्नेछ ।’ उनले थपे ।

सर्रीले हजार्डलाई बेन्चमा राख्ने बिषयमा उनीलाई कुनै जानकारी नदिएको बताए ।

खेल अगाडी चेल्सी स्टार हजार्डले अर्को सिजन स्टामफोर्ड छाड्ने बिषयमा निर्णय गरेको समाचार समेत बाहिर आएको थियो ।

‘मैले खेलाडीसंग कुरा गरेको थिएन । मैले उनलाई बेन्चमा राख्छु भनेर ।’ उनले थपे ।

चेल्सी प्रिमियर लिगको चौथो स्थानमा छ । उसले लण्डन प्रतिद्वन्दी आर्सनलसंग २ अंकको अग्रता समेत लिएको छ । आर्सनलले समेत च्याम्पिन्स लिग छनोटको दौडमा आफुलाई कायम राखेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री