काठमाडौँ । पोखरा फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास ६ करोड २८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष ६ करोड ५३ लाख १६ हजार खुद नाफा कमाएको थियो । नाफा गत वर्षको भन्दा ३ दशमलव ८२ प्रतिशतले थोरै हो ।
चालु आर्थिक वर्षको चैतसम्ममा फाइनान्सले १८ करोड ६३ लख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४७ दशमलव ७२ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड ६१ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म ५ अर्ब ६५ करोड ३७ लाख २ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २० करोड ६६ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
गत वर्ष ३९ करोड २२ लाख ९२ हजार रहेको रिजर्भ कोष यस वर्ष घटेर ३१ करोड २० लाख २० हजार झरेको छ । खराब कर्जा भने १.२६ प्रतिशत बाट घटेर १.०४ प्रतिशतमा सीमित भएको छ । कस्ट अफ फन्ड ९.१२ प्रतिशत रहेको छ ।
प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा (वार्षिक) रहेको पोखराको प्रतिसेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ४० पैसा छ ।



