धितोपत्र बजारमा पहिलो पटक ‘ओपन इन्ड म्युचुअल फण्ड’ स्कीम आउँदै

काठमाडाैँ । धितोपत्र बजारमा पहिलो पटक ओपन इन्ड (खुल्लामुखी) म्युचुअल फण्डको योजना आउने भएको छ। धितोपत्र बोर्डले ‘एनआइबिएल सहभागिता फण्ड’ नामको योजनालाई स्वीकृति दिएको हो।

उसले पहिलो चरणमा ५ करोड इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको योजना जारी गर्नेछ। बिक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ। यसअघि आएका सबै योजना ‘क्लोज्ड इन्ड’ प्रकृतिका थिए। १६ अर्ब रुपैयाँ बराबरको १७ वटा ‘क्लोज्ड इन्ड’ प्रकृतिका योजना जारी भएका छन्।

यस्तो योजना स्टक एक्स्चेन्जमा सूचीकृत हुँदैन। जसका कारण ब्रोकर कम्पनीहरुबाट कारोबार हुँदैन। तर यसको किनबेच नै गर्न नपाउने भने होइन। खुद सम्पत्ति मूल्य (एनएभी) का आधारमा योजना व्यवस्थापकले नै खरिदबिक्रीको व्यवस्था मिलाएका हुन्छन्। किन्न चाहनेले योजना व्यस्थापकबाट नै किन्ने हो भने बेच्न चाहनेले पनि त्यही लगेर बेच्ने हो।

यसको परिपक्व हुने अवधि हुँदैन, अर्थात सधैं खुल्ला हुने भएकाले नै खुल्लामुखी योजना हुन गएको हो। तर अंकित मूल्य १० रुपैयाँ नै हुन्छ भने न्यूनतम १ हजार कित्ता नै खरिद गर्न सकिन्छ।

लगानीकर्ताको मागअनुसार योजनाको आकार बढाउन सकिन्छ, अर्थात पछि थप कित्ताहरु जारी गर्न सकिन्छ। यस्ता इकाई व्यवस्थापकबाट खरिद गर्दा कुनै शुल्क लाग्दैन। लगानीकर्ताका लागि यसले पोर्टफोलियो विविधिरणमा सघाउ पुग्ने बोर्डको दावी छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस