प्रोग्रेसिभ फाइनान्सको नाफा बढ्यो

काठमाडाैँ । प्रोग्रेसिभ फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ९१ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यो नाफा ९८ लाख ८६ हजार रुपैयाँ नोक्सानीमा थियो ।

फाइनान्सले जगेडा कोषमा ४ करोड २५ लाख ८ हजार रुपैयाँ राखेको छ । गत वर्ष जगेडा कोषमा २६ लाख ५४ हजार रुपैयाँ थियो । चैत मसान्त सम्म फाइनान्सले चुक्ता पुँजी २३९.०९ प्रतिशतले बढाए ७१ लाख २१ करोड रुपैयाँ पुर्याएको छ ।

फाइनान्सले समिक्षा अवधिमा खुद ब्याज आम्दानी १ सय १९ दशमलव ६० प्रतिशतले बढेर ४ करोड १२ लाख ७७ हजार रुपैयाँ कमाएको छ । गत वर्ष १ करोड ८७ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैत मसान्त सम्म यसले ८२ करोड ७२ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८८ करोड ४४ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिसेयर आम्दानी ४ रुपैयाँ १० पैसा रहेको प्रोग्रेसिभको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ९७ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत …

प्रतिकृया दिनुहॊस