छोराले गरे बुवाको हत्या

धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिका ४, पिप्लेमा छोराले कोदालाले हिर्काएर बुवाको हत्या गरेका छन् । शनिबार राति १४ वर्षीय विज्ञान राईले ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका साढे ७ बजे विवाद हुँदा विज्ञानले कोदालाको पासोले टाउकोमा प्रहार गर्दा इन्द्रबहादुरको घटनास्थल मै मुत्यु भएको हो ।  प्रहरीले विज्ञानलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप