काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतङ नेपाल र हंङकङ बीचको खेलमा हङकङले नेपाललाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङले ५० ओभरमा अलआउट हुँदै १९४ बनाएको हो । हङकङको मोङकोकस्थित मिसन रोड मैदानमा भएको खेलमा नेपालले टस जितेर हङकङलाई व्याटिङको निम्तो दिएको थियो।
नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए । त्यसैगरी बसन्त रेग्मीले २, करन केसीले २, सुशन भारीले १ विकेट लिए । ३.४ ओभरमा शुन्य रन हुँदै हङकङको पहिलो विकेट गुमेको थियो । त्यसपछि निकै आक्रामक व्याटिङ गरेका बाबरलाई १०.५ ओभरमा रनआउट गरी दोस्रो विकेट लिएको थियो । उनले २६ रलमा २९ रन बनाएका थिए । हङकङका लागि सर्वाधिक ७६ रन जेजे अटकिन्सनले बनाए ११७ बलको सामना गरेको उनले ९ चौका र १ छक्का प्रहार गरे । तानवीर अफजलले ३८ रन बनाए भने बाबरले २९ रन बनाए ।
१४४ रन बनाउँदा ८ विकेट गुमाएको हङकङका लागि आठौं नम्बरमा व्याटिङ गर्न आएका तानवीरले आक्रामक व्याटिङ गरेपछि हङकङ ठूलो स्कोर बनाउँन सफल भयो ।
नेपालका लागि सन् २०१९ मा इङ्ल्यान्डमा हुने विश्वकप क्रिकेटको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न जित्नै पर्ने बाध्यता रहेको छ । आजको र आइतबारको दुवै खेलमा हङकङलाई पराजित गर्न सकेको अवस्थामा यसै प्रतियोगितामार्फत नेपालले अर्को वर्ष हुने अन्तिम चरणको विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछ । दुईमध्ये एक खेलको पराजयले पनि नेपाललाई विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नकै लागि पनि अर्को प्रतियोगिता खेल्नुपर्ने हुन्छ ।
२०१९ विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा आईसीसीको वरीयताक्रमको पुछारका चार, विश्व क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष चार टोली र यसपछि हुने डिभिजन दुईका शीर्ष दुई टोलीले प्रतिस्पर्धा गर्ने छन् । जारी च्याम्पियनसिपको अन्तिम चारभित्र अटाउन नसकेको अवस्थामा नेपाल डिभिजन दुईमार्फत पनि शीर्ष दुईभित्र अटाउँदै अन्तिम चरणको छनोट प्रतियोगितासम्म पुग्न सक्नेछ।
यद्यपि हङकङविरुद्धको यी दुवै खेलमा जित हात पार्न सकेको अवस्थामा यसै प्रतियोगितामार्फत नेपालले छनोटको आशा जीवितै राख्नेछ । प्रतियोगितामा चार खेल ९हङकङ र नेपालबाहेक अन्य टोलीको भने दुई÷दुई खेल० बाँकी रहँदा हङकङ र नेपाल दुवै शीर्ष चारभित्र छैनन् । हङकङलाई दुवै खेलमा पराजित गर्न सकेको अवस्थामा नेपालले चौथो स्थानको केन्यालाई पछि पार्न सक्नेछ । त्यसपछि संयुक्त अरब इमिरेट्स ९यूएई० सँग प्रतिस्पर्धा गर्ने नेपालले दुवै खेलमा जितसहित छनोट पक्का गर्न सक्नेछ । अन्नपूर्णपाेष्ट
प्रतिकृया दिनुहॊस