युनियन हाइड्रोपावरले ६ करोड ३३ लाखको आईपीओ निष्कासन गर्ने

काठमाडौं । मिदिमखोला साना जलविद्युत आयोजनाको प्रवर्द्धक युनियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने वताएकाे छ ।

साे कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको युनियनका कार्यकारी अध्यक्ष किरण मल्लले जानकारी दिनुभयाे ।

उहाँका अनुसार युनियनले ६ करोड ३३ लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख ३३ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ भने बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

हाल कम्पनीले ३ मेगाावटको आयोजना निर्माण गरिरहेको छ । आउदो १ महिनामा आयोजनाबाट बिजुली उत्पादन हुने मल्लले जानकारी दिनुभयाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री