काठमाडाैँ । ८ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा नाफा १५ दशमलव ३७ प्रतिशतले बढीे हो । अघिल्लो वर्षको सोहि अवधिमा १ अर्ब ३८ करोड ६ लाख रुपैयाँ कमाएको थियो ।
बैंकले चालु आर्थिक वर्षको ९ महिनामा निक्षेपमा ११ दशमलव ७० प्रतिशतले वृद्धि गरी १ खर्ब ५ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा २१ दशमलव ६८ प्रतिशतले वृद्धि १ खर्ब १ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ ।
चालु आर्थिक वर्षको समिक्षा अवधिमा बैंकले ३ अर्ब ४० करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ४३ दशमलव ९७ प्रतिशतले बढी हो । संचालन मुनाफा १५ दशमलव ०६ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७१ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ६२ रुपैयाँ ७५ पैसा, तरलता अनुपात २१ दशमलव ७७ प्रशितत रहेको छ । आधार ब्याजदर १० दशमलव ३७ प्रतिशत र कोषको लागत ७ दशमलव ५४ प्रतिशत रहेको छ ।
प्रतिकृया दिनुहॊस