मैत्रीपुर्ण फुटबलको उपाधि पत्रकार समुहलाई

जाजरकोट । १३ औं लोकतन्त्र दिवसको अवसरमा जाजरकोटमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार समुहले जितेको छ ।

कुशेगाँउपालिकाको सहयोग, कुशेमालिका अनलाइनको सहकार्य र जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटको आयोजनामा बुधवार

सदरमुकाम खलंगामा सन्चालित जनप्रतिनिधि, कार्यालय प्रमुख र पत्रकार विचको त्रिपक्षीय मैत्रीपुर्ण फुटबलमा पत्रकार समुहले कार्यालय प्रमुख समुहलाइ १ का विरुद्ध २ गोल गर्दै उपाधि जितेको हो ।

त्रिभुवन माध्यमिक विद्यालयको प्रांगण थाप्लेचौरमा भएको खेल अन्तरग गत वाइ पारेर फाइनलमा खेल्ने अवसर पाएको पत्रकार समुहले जनप्रतिनिधिको समुहलाई १ का विरुद्ध २ गोलले जितेको कार्यालय प्रमुखको समुहलाई जितेको हो । उक्त मैत्रीपुर्ण फुटबल प्रतियोगितामा विजयी समुहलाई २२ हजारको खसी र प्रमाण पत्र तथा द्धितीय र तृतीय हुनेलाइ प्रमाणपत्र प्रदान गरिएको छ।

विजयी खेलाडीहरुलाई  जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनवहादुर रावल र कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त त्रिपक्षीय मैत्रीपुर्ण खेलमा पत्रकार समुहको नेतृत्व वीरवहादुर गिरीले गरेका थिए भने कार्यालय प्रमुख समुहको नेतृत्व निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतीवडाले गरेका थिए । यस्तै जनप्रतिनिधिको नेतृत्व कर्णाली प्रदेश सभाका सदस्य गणेशप्रसाद सिंहले गरेका थिए ।

मैत्रीपुर्ण फुटवल प्रतियोगिताका विजयी खेलाडीलाइ पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख मनवहादुर रावलले ऐतिहासिक जनआन्दोलनको सम्झना गर्दै आयोजना गरिएको मैत्रीपुर्ण फुटबल निकै महत्वपुर्ण रहेको बताए ।

निरंकुशता माथि जनताको जीत भएको दिनको सम्झना गरेर राज्यका महत्वपुर्ण निकायमा काम गर्ने राष्टसेवकहरुका विचमा मैत्रीपुर्ण खेल हुनु निकै प्रशंसनीय कार्य भएको प्रमुख रावलले बताए ।

यस्तै कार्यक्रममा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले जनताको अभुतपुर्व आन्दोलनको सम्झना गर्न मैत्रीपुर्ण फुटबल प्रतियोगिताले सहयोग गरेको वबताए ।

उनले जिल्लामा जनताको सेवामा प्रत्यक्ष रुपमा सक्रिय निकायहरु विचमा सौहार्दपुर्ण सम्वन्ध निर्माण गर्न मैत्रीपुर्ण फुटवल प्रतियोगिताले सहयोग गरेको बताए । मैत्रीपुर्ण फुटबलको उपाधि जुन समुहले जितेपनि सवैका विचमा एकता सदभाव र सौहार्दपुर्ण सम्वन्ध निर्माण गर्न चियापान कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार समुहका टोली नेता वीरवहादुर गिरीले बताए ।

उनले मैत्रीपुर्ण खेल जित हारको भन्दा पनि जनताका सेवकहरुका विचको मैत्रपुर्ण सम्वन्ध निर्माण मुख्य कुरा भएकोले सवैले ध्यान त्यता जान जरुरी रहेको बताए ।

मैत्रीपुर्ण खेलवाट सरोकारवाला सवैलाई लोकतन्त्र जनआन्दोलन र जनताको जीतको स्मरण गर्न सवैले अवसर प्राप्त गरेको जयचन्द्र मिडिया ग्रुप प्रालिका सन्चालन जनक केसीले बताए । उनले जनताको ठुलो त्याग र वलिदानवाट आएको लोकतन्त्रलाइ बलियो र सुन्दर बनाउने जिम्मा सवै नागरिक जनताका सेवकको भएको बताए ।

-जनक केसी
जाजरकोट

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा …

प्रतिकृया दिनुहॊस