काठमाडाैँ । फ्रस्ट्रेसनको पहिलो चरणमा काम गर्न मन नलाग्ने, मन दुःखी भइरहने हुन्छ। यस्तो अबस्थामा खुसी हुने उपायको खोजी गर्नुपर्छ।
साथीभाइसँग खुलेर आफ्नो समस्याका विषयमा कुरा गर्ने।
समयमा खाने, पूरा निन्द्रा सुत्ने, मन परेको गीत सुन्ने, घुम्न जाने तथा रचनात्मक काममा व्यस्त रहने।
व्यायाम र योगा गरेर मन खुसी रख्न प्रयास गर्ने। विगतका कुरा सम्झेर दुःखी नहुने। सकारात्मक कुरामा मात्रै ध्यान केन्द्रीत गर्ने।
हरियाली वातावरण, मिल्ने साथी, घरपालुवा जनावर आदि जसले आशाको सञ्चार गराउन सक्छन्, तिनलाई नियाल्नुस्। लामो सास लिनुस्।
यति गर्दा पनि मन शान्त नभएमा मनोपरामर्शदाता वा चिकित्सक कहाँ जानुपर्छ।
साइकोथेरापी वा औषधिको सेवनले पनि समस्याबाट छुटकारा पाउन सकिन्छ।
तीन चरणमध्ये पहिलो र दोश्रो चरणका बिरामी सही परामर्शबाट निको हुन सक्छन्।
तेश्रो चरणमा चिकित्सकको सल्लाहअनुरुप औषधि सेवन गर्नुपर्छ।




