काठमाडौं । मेगा बैंक नेपालकोे पूर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केटस् लिमिटेडको औपचारिक शुभारम्भ भएको छ । क्यापिटलको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
मेगा बैंकको १ सय २ शाखाबाट मेगा क्यापिटलका पनि सबै सेवाहरु उपलब्ध गराउने बैंकको तयारी छ। मेगा क्यापिटल मार्केट्स लिमिटेडले मर्चेन्ट बैकिङ व्यवसाय गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट चैत १८ गते सोमबार अनुमति पाएको थियो ।क्यापिटलले पूँजी बजार सम्बन्धी शेयर निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ क्यापिटलले यसअघि गत मंसिरमा बोर्डबाट मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न सैद्दान्तिक सहमति प्राप्त गरेको थियो ।
पूँजी बजारमा ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखि नविनतम र उपयुक्त सेवाहरु ल्याउने उदेश्य क्यापिटलले लिएको छ ।
प्रतिकृया दिनुहॊस