के हो मस्तिष्कघात ? कसरी बच्ने मस्तिष्कघात बाट ?

काठमाडाैँ । मस्तिष्कमा रहेका धमनी फुटेर रक्तश्राव हुनु वा रगत जमेर रक्तनली थुनिई पोषक तत्व र अक्सिजन आपूर्ती रोकिएर स्नायु तन्तु मर्नु मस्तिष्क घात हो। यो मस्तिष्कको कार्यक्षमतामा अचानक आउने ह्रास हो। जसले अधिकांश पक्षघात निम्त्याउँछ। मस्तिष्कघाट धेरै प्रकारका हुन्छन्। स्केमिक स्ट्रोक, मोमोह्र्याजिक स्ट्रोक, क्रिप्टोजेनिक, ट्रान्सियन्ट स्केमिक एट्याक र ब्रेन स्टिम स्ट्रोक मुख्य हुन्।

विभिन्न कारणले मस्तिष्कका नली बन्द हुनु मस्तिष्कघात हो। जसको प्रमुख कारण मुटु रोगलाई मानिन्छ।

जमेर बसेको रगतको टुक्रा मुटुबाट बे्रनमा गएर बस्न सक्छ। जसले मस्तिष्कघात हुनसक्छ।

मोटोपन भएका व्यक्तिको नसामा बोसो जम्दा रक्तनली साँघुरिँदै जान्छ। यसबाट पनि स्ट्रोक हुन्छ।

यसबाहेक उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, गलत खानपानका कारण पनि मस्तिष्कघात हुनसक्छ।

मुटुरोग भएका व्यक्तिमा मस्तिष्कघात हुने जोखिम रहन्छ। त्यसैले मुटु रोगीले नियमित औषधि खाने वा उपचार गर्नुपर्छ।

५० वर्ष माथिका मानिसले नियमित मधुमेय, कोलस्ट्रोल, रक्तचाप जाँच गराउनुपर्छ।

मस्तिष्कघाटबाट बच्न सन्तुलित र स्वच्छ जीवनशैली अपनाउन जरुरी छ। धेरै तनाव लिनु हुँदैन।

मोटोपना भएका व्यक्तिले व्यायाम, योगलगायत अभ्यास गरि तौल घटाउने प्रयास गर्नुपर्छ। धुमपान, मध्यपान गर्नु हुँदैन।

मस्तिष्कघात भएको साढे चार घन्टाभित्र उपचार गर्न सके विकलांग हुनबाट बच्न सकिन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री