कुमारी बैंक इन्फोसिस फिनाकलबाट सम्मानित

काठमाडौं । भारतको मैसुरमा सम्पन्न Infosys Finacle Client Innovation Award 2019 मा कुमारी बैंक पुरस्कृत भएको छ । यसरी इन्फोसिस फिनाकलबाट सम्मानित हुनेमा अहिले सम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो ।

Infosys Finacle को उक्त समारोहको यस संस्करणमो “Accelerated Transformation” विधामा कुमारी बैंक विजेता भएको हो । सोही विधामा अरु बैंकमध्ये पन्जाब नेशनल बैंक विजेता तथा ICICI Bank, Andhra Bank / Emirates NDB (UAE) उपविजेता भएका छन् ।आफ्नो कोर बैंकिङ सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा कुमारी बैंक उक्त अवार्डले सम्मानित भएको हो ।

प्राविधिक रुपान्तरण, सही प्रयोग तथा श्रीजनशीलता जस्ता बुंदाहरुलाई आधार मानेर उक्त अवार्ड दिने गरिन्छ । अन्र्तराष्ट्रिय मञ्चमा नवीन बैंकिङ्ग प्रविधिमा प्रतिष्ठित मानिने उक्त अवार्डले सम्मानित भए पश्चात् आगामी दिनमा अझ आधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने

काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका …

प्रतिकृया दिनुहॊस