खोटाङमा बस दुर्घटना : एकजनाको ज्यान गयो, १३ जना घाइते

खोटाङ । हलेसीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् । काठ्माण्डौबाट खोटाङको दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको रिट्ठाबोटेमा दुर्घटना भएको हो ।

दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय पर्जबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताए । राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटैमा ज्यान गएको हो ।

घाइतेमध्ये ६ जनालाई टिचिङ अस्पताल, काठमाण्डौ लगिएको छ । अन्य घाइतेहरुलाई जिल्ला अस्पताल दिक्तेल लगिएको डीएसपी केसीले जानकारी दिए । बसमा जम्मा १५ जना सवार थिए । गाडीका सहचालक सकुशल छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after