१५ दिनका लागि नयाँ सवारी चालक अनुमतिपत्र वितरण बन्द

काठमाडौं । यातायात ब्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण रोकेको छ । दशैंका लागि ट्राफिक प्रहरी फिल्डमा खटिनुपर्ने भएको कारण देखाउँदै असोज २२ गतेसम्मका लागि लाइसेन्सको वितरण रोकिएको हो ।

लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रयाल रोकिएको हो । अब २२ गतेपछि विभागले फेरि नयाा लाइसेन्सको वितरण सेवा सुचारु गर्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । आजसम्म विभागले सवारीको ट्रायल भने लिइरहेको छ ।

 

विभागले यसअघि असोज ३ देखि नै एकान्तकुनाबाहेकका यातायात कार्यालयबाट लाइसेन्सको आवेदन रोकेको थियो । आजबाट एकान्तकुनाबाट पनि रोकिएको छ ।

विभागले अब सार्वजनिक सवारीको अनुगमनमा आफ्नो ध्यान केन्दि्रत गर्ने बताएको छ । दशैंको अघि सार्वजनिक सवारीमा बढी भाडा लिने प्रवृत्ति ब्याप्त छ ।

नयाँ लाइसेन्सको वितरण रोकिएपनि रकारी कार्यालय खुल्ने दिनसम्म नवीकरण भने नरोकिने यातायात व्यवस्था विभाग, सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुनाका प्रमुख तेजनारायण यादवले बताए ।

अनलाइनखबरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

परराष्ट्रमन्त्री राणा १३ गते चीन जाने, जापान भ्रमण स्थगित

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आगामी मंसिर १३ गते चीन जाने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलाई सहज बनाउन मन्त्री राणा प्रधानमन्त्रीभन्दा पाँच दिन अगावै उत्तरी छिमेकी मुलुकतर्फ प्रस्थान गर्न लागेकी हुन् ।

प्रतिकृया दिनुहॊस