एनसीसी बैंकद्धारा ‘नेपाली नागरिक बचत खाता’ सञ्चालनमा

काठमाडौं । एनसीसी बैंकले एनसीसी नेपाली नागरिक बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल सरकारको  ‘समृद्धिसँग जोडौ नाता : सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ लाई पूर्ण सफल बनाउनको लागि ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

 

२०७६ वैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट रु १ सय खातामा जम्मा गरिदिने जनाएको छ । मुलुकभर बैंकका १२२ वटा शाखा र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री