यी हुन् उमेर ढल्किए पनि आँखा तेजिलो पार्ने खानेकुरा

काठमाडाैँ । उमेर बढ्दै जाँदा वा अन्य बाहिरी प्रभावले क्रमशः आँखाको दृष्टि घट्दै जान्छ। उमेरसँगै बढ्दै जाने आँखाको समस्याबारे गरिएको एक अध्ययनअनुसार आँखा तेजिलो बनाउन निम्न खानेकुरा खानुपर्छ।

माछा
माछा ओमेगा-३ फ्याटी एसिडको राम्रो स्रोत हो। माछामा पाइने तेल आँखाका लागि निकै फाइदाजनक मानिन्छ। साल्मोन, टुना, म्याकरेल, ट्राउट, साड्रिनेस र हेरिङ जातका माछा दृष्टिका लागि बढी उपयोगी हुन्छ।

आलु
आलुमा बिटाक्यारोटिन, एन्टिअक्सिडेन्ट र भिटामिन ई पाइने भएकाले दृष्टिका लागि लाभदायी मानिन्छ।

नट्स
नट्समा भिटामिन ई उच्च मात्रामा पाइन्छ। साथै यिनमा आमेगा–३ फ्याटी एसिड पनि प्रशस्त्र मात्रामा पाइने भएकाले आँखासँग सम्बन्धित क्षतिबाट जोगाउँछ। ओखर, काजु, किसमिस, बदाम, दाल तथा गेडागुडी दृष्टि बढाउने मुख्य खाद्यपदार्थ हुन्।

बिउ
हरेक फलफूलका बिउ आँखाका लागि स्वस्थकर हुन्छन्। त्यसमा पनि स्याउ, फर्सी, सुन्तला र साल्भिया आदि फलफूलका बिउ बढी स्वस्थकर मानिन्छ।

हरिया सागपात
पालुुंगो, रायो, कोभी र बन्दाकोभीजस्ता हरिया सागपातमा जेक्ज्यान्थिन र लुइटेनजस्ता पौष्टिक तत्व पाइन्छ। जुन आँखाको स्वास्थ्यका लागि उपयोगी हुन्छन्।

अमिला फलफूल
अमिला फलमा भिटामिन सी पाइन्छ। जसले उमेरसँगै बढ्दै जाने समस्याबाट टाढा रहन मद्दत गर्छन्। सुन्तला, अंगुर र कागती आदि यसका मुख्य स्रोत हुन्।

गाँजर
गाँजरमा भिटामिन ए र बिटाक्यानिन पाइन्छ। भिटामिन एले रोडोप्सिन नामक प्रोटिन बनाउँछ जसले आँखालाई फाइदा पुर्याउँछ।

अन्डा
अन्डा भिटामिन सी र ईको राम्रो स्रोत हो। यसमा आँखालाई फाइदा पुर्याउने अन्य तत्व पनि प्रशस्त पाइन्छ।

पानी
प्रशस्त पानी पिएमा आँखामा सुक्खापनको समस्याबाट बच्न सकिन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल, विकास समितिमा रुपान्तरण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …

प्रतिकृया दिनुहॊस