ए मेरो हजुर- ३ को ‘चिट डे’ (भिडियाे)

काठमाडौँ । फिल्म ‘ए मेरो हजुर ३’ को तेश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘चिट डे’ बोलको गीतमा फिल्मकी नायिका सुहाना थापाको आकर्षक प्रस्तुतीलाई हेर्न सकिन्छ ।

गीतमा प्रविशा अधिकारीको स्वर, प्रतिक पौडेलेको शब्द तथा संगीत रहेको छ । भिडियोको कोरियोग्राफी राहुल शाहले गरेका हुन् । यसअघि सार्वजनिक फिल्मका दुई गीतले दर्शक तथा श्रोताको मन जितिसकेका छन् ।

झरना थापाको निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर ३’ मा सुहानासँग युवा स्टार अनमोल केसी प्रस्तुत भएका छन् । सुनिल कुमार थापाले निर्माण गरेको फिल्म आउँदो शुक्रबार, चैत २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री