काठमाडौं ।नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडले “गरिमा रेमिट’’ सेवा प्रवाह गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।
गरिमा विकास बैंकको तर्फबाट विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात हाल देशभर रहेका नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिटमार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ ।
तपाईंको प्रतिकृया




