डिहाइड्रेसनका यस्ता संकेत

काठमाडाैँ । हामीले नियमित पिएको पानीले थुप्रै रोगबाट बचाउँछ । त्यसैले, हाम्रो शरीरका लागि पानी अत्यावश्यक छ । शरीरमा पानी बढी वा कमी हुन सक्छ । यी दुवै अवस्था स्वास्थ्यका दृष्टिकोणले ठीक होइन । यद्यपि, शरीरमा पानीको कमी भएका अझ धेरै समस्या निम्तिन्छन्, जसलाई चिकित्सकीय भाषामा डिहाइड्रेसन भएको भनिन्छ । अब जानौँ, डिहाइड्रेसनले निम्त्याउने असरबारे :

-दिनभर टाउको दुख्नुका साथै टाउको भारी हुने समस्या भएमा त्यो पानी अभावको संकेत हुन सक्छ ।

-शरीरमा पानीको कमी भएमा मस्तिष्कलाई पर्याप्त मात्रामा ऊर्जा मिल्दैन । यस्तो अवस्थामा काम गर्दा मस्तिष्कमा बढी जोड दिनुपर्ने हुन्छ । जसले अत्यधिक थकाइ महसुस गराउँछ ।

-आँखामा सुक्खापन आउने समस्या भएमा यो पनि पानी अभावको कारणले हुन सक्छ ।

-पानीकै अभावमा आँखा सुन्निने, जलन हुनेलगायत समस्या देखा पर्छ ।

-शरीरमा पर्याप्त पानी नभएमा खाना राम्रोसँग नपच्ने समस्या हुन्छ । जसका कारण कब्जियत र एसिडिटीको समस्या निम्तिन्छ ।

-पानीको अभावले शरीरको छाला फुस्रो हुने समस्या हुन्छ ।

-यदि पिसाबको रङ पहेँलो, गाढा पहेँलो वा फिक्का भएमा पनि शरीरलाई पानी नपुगेको बुझ्नुपर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एकद्धार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले, पापी भएको कारण फिस्टुला रोग लाग्छ भन्ने अमानविय परम्परागत मान्यता रहेको गुनासो गरे ।

प्रतिकृया दिनुहॊस