सर्लाहीमा बम बिष्फोट हुँदा एक बालिका घाईते

सर्लाही ,सर्लाहीमा सुतली बम बिष्फोट हुँदा एक बालिका घाईते  भएकी छन् । भारतीय सीमा नजिकै पर्ने बलरा नगरपालिका–२ हथियौल जमुनिया टोलमा भएको बम बिष्फोट हुँदा सोही ठाउँकी १० वर्षीया रस्मिता सहनी घाईते भएकी छन् ।

बमको छर्राले लागेर सामान्य घाईते भएकी बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ ।

झोला भित्र रहेका ४ वटा बम मध्ये एउटा बालबालिका खेलाउँदा पडकिएको र बाँकी तीन वटा नेपाली सेनाले निष्क्रिय पारेको छ । बम राख्ने व्यक्तिको खोजी तीव्र पारि घटना स्थल वरपर सुरक्षा सतर्कता बढाईएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

खेतमा भेटिएको नवजात शिशुलाई सहनी परिवारले गोद लिए

काठमाडौं ।रौतहट जिल्ला सदरमुकाम गौर स्थित खेतमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशु लाई एक परिवारले …

प्रतिकृया दिनुहॊस