रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप ८ शाखा रहित बैकिङ्ग सेवा

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले कास्कीमा ८ शाखा रहित बैकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले कास्की स्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङ मा ८ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ ।

यो सहित माछापुछ्रे बैंक लिमिटेडको हालसम्म ७३ शाखा रहित बंैकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा को रुपमा संचालित  शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदन गर्न सकिने सुविधाको समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९६ वटा शाखाहरु लगायत ७३ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १६९ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस