स्कुटर दुर्घटनामा दुईजनाको मृत्यु

बाँके । कोहलपुरमा स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।  बर्दियाकी उषा चौधरी र बाँकेका लोकबहादुर शाहीको मृत्यु भएको हो।

शुक्रबार बेलुकी कोहलपुर नगरपालिका वडा नम्बर ५ मा भे ७ प १४ ४० र भे ८ प २१६५ नम्बरका स्कुटर ठोक्किएपछि बा १५ च २०९६ नम्बरको गाडीले दुवै स्कुटरलाई ठक्कर दिएको थियो।

ठक्करका कारण दुवै स्कुटरका चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृत्यु हुनेमा स्कुटरमा सवार दुई जना घाइते भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री