कृषि विकास बैंकको २१ प्रतिशत लाभांश पारित, संचालकमा तीन जना निर्वाचित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको प्रस्तावित २१.०५३ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १२औँ वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस र १५.०५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो ।

साथै, सभाले बैंकको संचालक समितिमा समूह (ख) सर्वसाधरण सेयरधनीहरुको तर्फबाट तीन जना संचालक सदस्य निर्वाचित गरेको छ । संचालक सदस्यमा संजिव पौडेल, हरिप्रसाद पराजुली र विनोदकुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

उक्त सभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालको अध्यक्षतामा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा सम्पन्न भएको थियो ।

नेपालका बाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी अधिकृत पूँजी भएको बैंकले हाल २७१ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा दिँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री