एनसीसी बैंकको अवकाश कोषद्वारा ७०% लाभांश वितरण

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैक अन्तर्गतको एनसीसी अवकाश कोषले संचित बचतको ७०% लाभांश वितरण गरेको छ ।

एनसीसी बैंक अवकाश कोषले देशभर रहेका १२२ शाखाहरु मार्फत संचयकोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोष लगायत अन्य कोषहरुको खाता खोल्ने, संचित बचतको ९०% सम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरुलाई संचित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्यहरु गर्दै आईरहेको छ ।

यो कोष नेपाल राष्ट्र बैंक र नेपाल सरकार आन्तरिक राजश्व विभागबाट स्वीकृती लिई विगत १६ वर्ष देखि छुट्टै यूनिटको रुपमा संचालित छ । यस कोषले गत २०७५ आषाढ मसान्तसम्मको संचित बचतबाट ७०% रकम ३ करोड ६२ लाख ७० हजार रुपैयाँ वितरण गरेको छ ।

करिव २०० भन्दा बढी संघ सस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १.८३% लाभांश रकम निजहरुकै सम्बन्धित अवकाश कोष खाताहरुमा जम्मा हुने गरी वितरण गरेको हो ।

उक्त कोषले विगत वर्षहरुमा पनि आफ्नो संचित बचत रकमबाट बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै सबै ब्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष १५ हजार सम्मको निःशुल्क औषधोपचार बिमा सुविधा पनि प्रदान गर्दै आईरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री